Navigation
  • Home
  • Banking
    • Bank
    • Insurance
    • Micro Finance
    • Cooperative
  • Corporate
    • Energy
    • Auto Bazaar
    • Nirman Bazar
    • Road & Transport
    • Industry / Trade Business
    • Consumer
  • Market
    • Share Bazaar
    • EVENT/ Show/ Trade Fair
    • Notice / Job Vacancy
    • Success Story
  • Development
    • Infrastructure
    • Tourism
    • Agriculture
    • Migration
    • Province News
  • All News
    • Launch / New
    • International
    • Political/ Social
    • Current Index
    • Life Style / Entertainment
    • Sports
    • Exclusive News
    • Health
  • English
  • EK Special
    • Photo Story
    • EK TV
May 18, 2022 ०६:३९:५९
  • Unicode Converter
  • Home
  • Banking
    • Bank
    • Insurance
    • Micro Finance
    • Cooperative
  • Corporate
    • Energy
    • Auto Bazaar
    • Nirman Bazar
    • Road & Transport
    • Industry / Trade Business
    • Consumer
  • Market
    • Share Bazaar
    • EVENT/ Show/ Trade Fair
    • Notice / Job Vacancy
    • Success Story
  • Development
    • Infrastructure
    • Tourism
    • Agriculture
    • Migration
    • Province News
  • All News
    • Launch / New
    • International
    • Political/ Social
    • Current Index
    • Life Style / Entertainment
    • Sports
    • Exclusive News
    • Health
  • English
  • EK Special
    • Photo Story
    • EK TV
ईटहरीमा शाओमीको स्टोर : नेपालमा मीको स्टोर संख्या दोब्बर पार्ने लक्ष्य
नेपालगन्जमा नेपाल आयल निगम लिमिटेडको नमूना पेट्रोल पम्प सञ्चालन
राजधानीमा प्रथम अष्ट्रेलियन शैक्षिकमेला २०७८ हुँदै
कृषि विकास बैंक संचालक समितिको अध्यक्षमा रमेशकुमार के.सी. नियूक्त
सुनको मूल्यमा गिरावट
सुनको मूल्य मंगलबार पनि निरन्तररुपमा बढदै
कर्मचारी सञ्चय कोषको कर्जा भुक्तानी अब आईपिएस बाट
शुद्ध खानेपानीका लागि विद्यालयमा महालक्ष्मी बैंकको आर्थिक सहयोग
सुनको मुल्य घट्यो
सुनको भाउ बढेको बढै
Launch / New
  • Home
  • News
  • नेपालगन्जमा नेपाल आयल निगम लिमिटेडको नमूना पेट्रोल पम्प सञ्चालन
नेपालगन्जमा नेपाल आयल निगम लिमिटेडको नमूना पेट्रोल पम्प सञ्चालन
Jan 06, 2022 Local Reporter

ईकोनोमिक खबर, काठमाण्डौं। नेपाल आयल निगम लिमिटेडले नेपालगन्जमा नमूना पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ। पम्पको बुधबार नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार पौडेलले उद्घघाटन गरे।

उक्त कार्यक्रममा निगमका नायव कार्यकारी निर्देशक सुशिल भट्टराई, वितरण विभाग प्रमुख दीपक बराल, निगमको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख नवविनोद पोखरेल लगायतको उपस्थिति रहेको थियो। यो पम्प निगमको नेपालगञ्ज डिपो मातहतमा सञ्चालन हुन्छ।

निजी क्षेत्रको लगानीमा पम्प सञ्चालन गर्दै आएकोमा निगमले मोडलको रुपमा नयाँ पम्प सञ्चालनमा ल्याएको हो। तीन करोड ६७ लाख रुपैयाँको लगानीमा पम्प निर्माण गरिएको हो। यो पम्प पूर्ण स्वचालित रहेको छ। निगमले आफ्नै स्वामित्वमा सञ्चालन गरेको यो दोस्रो पम्प हो। निगमले यसअघि भैरहवामा पम्प सञ्चालन गर्दै आएको छ।

व्यवसायीले अनुसरण गर्न सकून् भनेर नमूना पम्प निर्माण गरेको निगका प्रबन्ध निर्देशक पौडेलले बताए। ‘निगमले मोडलको रुपमा पम्प निर्माण गरेको छ’, पौडेलले भने, ‘नयाँ बन्ने पम्प पनि यस्तै पूर्ण अटोमेसनमा हुन् भन्ने निगमको चाहाना छ।’ पम्पमा अत्याधुनिक प्रविधि जडान गरिएको छ।

पम्पमा एक लाख सात हजार लिटर तेल अटाउने पाँचवटा भूमिगत ट्यांकी रहेको नेपाल आयल निगम नेपालगञ्ज डिपोका प्रमुख दीपक घिमिरेले बताए। पम्पमा २५–२५ हजार लिटर क्षमताका तीनवटा डिजेल ट्यांक र १६–१६ हजार लिटर क्षमताका दुईवटा पेट्रोल ट्यांक रहेका छन्। पम्पमा इटालियन अटोट्यांक गेजिङ प्रविधि जडान गरिएको छ। इन्धन ढुवानी गर्ने ट्यांकरबाट पम्पमा तेल अनलोड गर्दादेखि सवारी साधनमा तेल भर्नसम्म सबै डिजिटल प्रविधि जडान गरिएको छ। पूर्ण स्वचालित भएकाले उपभोक्ता सही परिमाण र गुणस्तरीय तेल पाउनेछन्।

पम्पमा कति तेल अनलोड भयो, कति ट्यांकीमा छ , कति बिक्री भयो भन्ने सबै जानकारी कम्युटर प्रणालीमार्फत जानकारी लिन सकिन्छ। निगमको डिपो, केन्द्रीय कार्यालयमा बसेर पनि बिक्रीको अवस्था हेर्न सकिने प्रविधि जडान गरिएको डिपो प्रमुख घिमिरेले बताए।

पम्पबाट दैनिक १२ हजार लिटर डिजेल र चार हजार लिटर पेट्रोल बिक्री हुने अनुमान गरिएको छ। ११ कठ्ठा क्षेत्रफलमा फैलिएको पम्पमा पाँच वटा डिस्पेन्सर र १० वटा नुजल रहेका छन्। ६ वटाबाट डिजेल र चार वटाबाट पेट्रोल भर्न सकिनेछ।

निजी क्षेत्रले सञ्चालन गरेका पम्पहरु व्यवस्थित नभएको गुनासो आउने गरेको छ। अहिले पनि धेरै पम्पहरु म्यानुअल रहेका छन्। म्यानुअल पम्पमा सही परिणामको तेल नपाएको उपभोक्ताले गुनासो गर्दै आएका छन्। निगमले पम्पको अवस्था सुधार गर्नका लागि पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली ल्याएको थियो। त्यसमा पम्प सञ्चालनका लागि मापदण्ड तोकिएको छ। तोकिएको मापदण्ड पूरा गरेर पम्प सञ्चालनमा ल्याएको निगमले जनाएको छ।

 

2022-01-06 09:01:00
Comments
More Stories
ईटहरीमा शाओमीको स्टोर : नेपालमा मीको स्टोर संख्या दोब्बर पार्ने लक्ष्य
राजधानीमा प्रथम अष्ट्रेलियन शैक्षिकमेला २०७८ हुँदै
कृषि विकास बैंक संचालक समितिको अध्यक्षमा रमेशकुमार के.सी. नियूक्त
सुनको मूल्यमा गिरावट
Launch / New
सुनको मूल्य मंगलबार पनि निरन्तररुपमा बढदै
64x64
Sep 01, 2020 Local Reporter
पुरा पढ्नुहोस्
Launch / New
कर्मचारी सञ्चय कोषको कर्जा भुक्तानी अब आईपिएस बाट
64x64
Aug 04, 2020 Local Reporter
पुरा पढ्नुहोस्
Latest
ईटहरीमा शाओमीको स्टोर : नेपालमा मीको स्टोर संख्या दोब्बर पार्ने लक्ष्य Feb 17, 2022
नेपालगन्जमा नेपाल आयल निगम लिमिटेडको नमूना पेट्रोल पम्प सञ्चालन
राजधानीमा प्रथम अष्ट्रेलियन शैक्षिकमेला २०७८ हुँदै
कृषि विकास बैंक संचालक समितिको अध्यक्षमा रमेशकुमार के.सी. नियूक्त
सुनको मूल्यमा गिरावट
सुनको मूल्य मंगलबार पनि निरन्तररुपमा बढदै
कर्मचारी सञ्चय कोषको कर्जा भुक्तानी अब आईपिएस बाट
शुद्ध खानेपानीका लागि विद्यालयमा महालक्ष्मी बैंकको आर्थिक सहयोग
सुनको मुल्य घट्यो
सुनको भाउ बढेको बढै
Contact

Economic Khabar

Founder in chief/ Editor: Mrs Usha Baral

Phone

Mobile No: 9843737165

Email

Email: [email protected]
URL: www.economickhabar.com
Useful Links
  • Home
  • Nepal Stock
  • NRB
  • Unicode Converter
  • Nepal Bullion
Trending
  • #NOC fuel Price
  • #NEPSE
  • #ADBL
  • #COVID-19
  • #CORONA VIRUS
Find Us on Facebook
Economic Khabar Page
© Economic Khabar - 2022 All rights reserved.
Powered by: RaraCMS