Navigation
  • Home
  • Banking
    • Bank
    • Insurance
    • Micro Finance
    • Cooperative
  • Corporate
    • Energy
    • Auto Bazaar
    • Nirman Bazar
    • Road & Transport
    • Industry / Trade Business
    • Consumer
  • Market
    • Share Bazaar
    • EVENT/ Show/ Trade Fair
    • Notice / Job Vacancy
    • Success Story
  • Development
    • Infrastructure
    • Tourism
    • Agriculture
    • Migration
    • Province News
  • All News
    • Launch / New
    • International
    • Political/ Social
    • Current Index
    • Life Style / Entertainment
    • Sports
    • Exclusive News
    • Health
  • English
  • EK Special
    • Photo Story
    • EK TV
Aug 12, 2022 ०६:२४:५६
  • Unicode Converter
  • Home
  • Banking
    • Bank
    • Insurance
    • Micro Finance
    • Cooperative
  • Corporate
    • Energy
    • Auto Bazaar
    • Nirman Bazar
    • Road & Transport
    • Industry / Trade Business
    • Consumer
  • Market
    • Share Bazaar
    • EVENT/ Show/ Trade Fair
    • Notice / Job Vacancy
    • Success Story
  • Development
    • Infrastructure
    • Tourism
    • Agriculture
    • Migration
    • Province News
  • All News
    • Launch / New
    • International
    • Political/ Social
    • Current Index
    • Life Style / Entertainment
    • Sports
    • Exclusive News
    • Health
  • English
  • EK Special
    • Photo Story
    • EK TV
मंगलम पाइप्सको फ्याक्ट्री भ्रमण
हिताचीका चारवटा नयाँ उत्पादनहरू बजारमा
ओप्पोको डिज्नील्याण्ड पेरिसमा तामझाम
ईटहरीमा शाओमीको स्टोर : नेपालमा मीको स्टोर संख्या दोब्बर पार्ने लक्ष्य
नेपालगन्जमा नेपाल आयल निगम लिमिटेडको नमूना पेट्रोल पम्प सञ्चालन
राजधानीमा प्रथम अष्ट्रेलियन शैक्षिकमेला २०७८ हुँदै
कृषि विकास बैंक संचालक समितिको अध्यक्षमा रमेशकुमार के.सी. नियूक्त
सुनको मूल्यमा गिरावट
सुनको मूल्य मंगलबार पनि निरन्तररुपमा बढदै
कर्मचारी सञ्चय कोषको कर्जा भुक्तानी अब आईपिएस बाट
Road & Transport
  • Home
  • News
  • आठ लाख चालक अनुमतिपत्र छपाईको काम सकियो अव वितरण बाँकी
आठ लाख चालक अनुमतिपत्र छपाईको काम सकियो अव वितरण बाँकी
Aug 25, 2020 ek-central bureau

ईकोनोमिक खबर, काठमाडौं।

यातायात व्यवस्था विभागले गत आ.ब. देखिका अधिकांश अनुमतिपत्र छापिसकेको छ।

गत आर्थिक वर्षको शुरुमा झण्डै आठ लाख चालक अनुमतिपत्र छपाइ गर्न बाँकी थियो । चालु आवको पहिलो महिना सकिँदा छाप्न बाँकी अनुमतिपत्रको सङ्ख्या ज्यादै कम छ । यातायात व्यवस्था विभागले अधिकांश अनुमतिपत्र छापे पनि यातायात व्यवस्था कार्यालयले कहिले वितरण गर्ने भन्ने निश्चित छैन।

विभागले सरकारले जारी गरेको बन्दाबन्दीका समयमा समेत थप समय र जनशक्ति प्रयोग गरी अनुमतिपत्र छपाइ सकाएको हो । सामान्यावस्थामा तीन सिफ्टमा अनुमतिपत्र छपाइ गरिँदै आएकामा बन्दाबन्दी अवधिमा चार सिफ्टमा छपाइ गरिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो । उहाँका अनुसार नियमित रुपमा जसरी छपाइ गरिएको भए अझैसम्म छापिसकिने थिएन । विभागले गत आवको अन्तिमसम्ममा बाँकी अनुमतिपत्र छापिसक्ने लक्ष्य लिएको थियो । उहाँले भन्नुभयो, “हामीले कामको गति बढाएकाले अहिले सकिएको हो।”

विभागले बन्दाबन्दीकै अवधिमा झण्डै पाँच लाख अनुमतिपत्र छपाइ गरेको थियो । साउन महिनाभरमा झण्डै एक लाख अनुमतिपत्र छापिएको थियो । बन्दाबन्दी सकिएपछि असार र साउन अवधिमा नवीकरण भएका अनुमतिपत्रसमेत अहिले छपाइको काम भइरहेको छ । अब छाप्न बाँकी अनुमतिपत्रको सङ्ख्या अति कम मात्रै रहेको यातायात व्यवस्था विभागले जनाएको छ । अहिलेसम्म साउन दोस्रो सातासम्म आएका अनुमतिपत्रको छपाइ सकिएको विभागले जनाएको थियो ।
कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले जारी राखेको बन्दाबन्दी चैतदेखि जेठसम्म हुँदा यातायात व्यवस्था कार्यालयले पनि सेवा दिएका थिएनन् । सरकारले असारदेखि बन्दाबन्दी खुकुलो गरेसँगै कार्यालयले अनुमतिपत्र नवीकरण थालेका थिए । वाग्मती प्रदेश सरकारअन्तर्गत काठमाडौँ उपत्यकामा रहेका चार वटै कार्यालयले असार र साउनमा नयाँ अनुमतिपत्र खुलाएका थिएनन् । कार्यालयले असारमा विभागबाट छापिएर आएका अनुमतिपत्र वितरण गरेका थिए । सेवाग्राहीको भीडभाड धेरै भएपछि सो सेवा साउनमा रोक्नुपरेको एकान्तकुनास्थित कार्यालयमा प्रमुख डम्बरबहादुर कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, ”सेवाग्राहीले राजस्व तिरेको कागजबाट पनि सवारीसाधन चलाउन सक्नुहुन्छ भनेर वितरण रोकिएको थियो ।”
कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले बन्दाबन्दी जारी राख्दा विभागले चालक अनुमतिपत्र छपाइलाई निरन्तरता दिइरहेको थियो । सरकारले गत चैत ११ गतेदेखि बन्दाबन्दी लागू गरेपछि १० दिनसम्म छपाइ ठप्प थियो । चैत २० गतेदेखि नियमितरुपमा अनुमतिपत्र छापिएको थियो।
केही वर्षदेखि चालक अनुमतिपत्रको छपाइमा ढिलाइ हुँदा सेवाग्राही हैरान थिए । झण्डै पाँच वर्ष पहिले हस्तलिखित अनुमतिपत्र विस्थापन गरी ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न थालिएको थियो । विभागमा रहेका उपकरणको क्षमताभन्दा कैयौँ गुणा बढी अनुमतिपत्र छाप्नुपर्ने हुँदा सेवाग्राहीले अनुमतिपत्र पाएका थिएनन् । यही समस्याको समाधानका लागि गत वर्ष असोजमा ठूलो क्षमताको छपाइ उपकरण९मास प्रिन्टर० ल्याइएको थियो । अहिले सोही उपकरणबाट छपाइ भइरहेको छ । बन्दाबन्दी पहिले साना क्षमताका प्रिन्टर भने अहिले प्रयोगमा छैन । साना प्रिन्टरले थोरै सङख््यामा छाप्ने तर सञ्चालनका लागि थप जनशक्ति चाहिने भएकाले अहिले प्रयोग नगरिएको विभागले जनाएको छ । विभागले मास्क, पञ्जालगायत आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएर काम गरिरहेको थियो।

संविधानअनुसार यातायातको जिम्मेवारी प्रदेश सरकारमा गयो र यातायात कार्यालय सङ्घीय सरकारले प्रदेशलाई हस्तान्तरण गरेको थियो । अनुमतिपत्र छपाइको काम भने नेपाल सरकारले नै गर्दै आएको छ । नयाँ अनुमतिपत्रका लागि परीक्षा लिने तथा पुरानाको नवीकरण र अनुमतिपत्र वितरण भने यातायात व्यवस्था कार्यालयले नै गर्दै आएका छन्।

सरकारले उपकरण खरीद गर्दासम्म विभागले आठ लाख अनुमतिपत्र छाप्नुपर्ने थियो । उपकरण दुई महिनासम्म पनि जडान गर्ने र तथ्याङ्क सार्नेलगायत काम भएपछि पुसदेखि सञ्चालनमा आएको हो । पहिलो केही साता एक सिफ्टमा मात्रै सञ्चालन भएकामा दुुई सिफ्ट हुँदै अहिले तीन सिफ्टमा सञ्चालन भइरहेको विभागले जनाएको छ । मास प्रिन्टरको क्षमता अरु प्रिन्टरभन्दा कैयौँ गुणा बढी भएकाले आवको अन्त्यसम्म सकाउने विभागको लक्ष्य थियो । सामान्य प्रिन्टरले एक महिनामा तीन हजार छाप्ने भए पनि यो उपकरणको क्षमता दैनिक पाँच हजार छाप्ने रहेको छ ।

2020-08-25 21:08:00
Comments
More Stories
ई-बोलपत्र माध्यममा आएको खराबीका कारण रेल विभागको ठेक्का रद्द
दशैंको अग्रिम टिकट बुकिङ असोज ५ गतेदेखि
३१ प्रतिशत प्रदूषण मापदण्ड विपरीत सवारीसाधनबाट उपत्यका प्रदुषित
हेटौँडामा सडक विस्तार हुने पक्कापक्की
Road & Transport
न्यूरोडको ५ क्षेत्रमा आजदेखि स्मार्ट पार्किङ, अब हुनेछ शहरमा ब्यवस्थित पार्कीङ
64x64
Jun 16, 2019 ek-central bureau
पुरा पढ्नुहोस्
Road & Transport
काठमाडौंमा रात्रीकालिन बस सञ्चालन लगायतका ३ निर्णय स्थगित
64x64
Jun 14, 2019 ek-central bureau
पुरा पढ्नुहोस्
Latest
मंगलम पाइप्सको फ्याक्ट्री भ्रमण Aug 05, 2022
हिताचीका चारवटा नयाँ उत्पादनहरू बजारमा
ओप्पोको डिज्नील्याण्ड पेरिसमा तामझाम
ईटहरीमा शाओमीको स्टोर : नेपालमा मीको स्टोर संख्या दोब्बर पार्ने लक्ष्य
नेपालगन्जमा नेपाल आयल निगम लिमिटेडको नमूना पेट्रोल पम्प सञ्चालन
राजधानीमा प्रथम अष्ट्रेलियन शैक्षिकमेला २०७८ हुँदै
कृषि विकास बैंक संचालक समितिको अध्यक्षमा रमेशकुमार के.सी. नियूक्त
सुनको मूल्यमा गिरावट
सुनको मूल्य मंगलबार पनि निरन्तररुपमा बढदै
कर्मचारी सञ्चय कोषको कर्जा भुक्तानी अब आईपिएस बाट
Contact

Economic Khabar

Founder in chief/ Editor: Mrs Usha Baral

Phone

Mobile No: 9843737165

Email

Email: [email protected]
URL: www.economickhabar.com
Useful Links
  • Home
  • Nepal Stock
  • NRB
  • Unicode Converter
  • Nepal Bullion
Trending
  • #NOC fuel Price
  • #NEPSE
  • #ADBL
  • #COVID-19
  • #CORONA VIRUS
Find Us on Facebook
Economic Khabar Page
© Economic Khabar - 2022 All rights reserved.
Powered by: RaraCMS