कृषि विकास बैंकले समग्र कृषि तथा कृषि कार्यका लागि कर्जाका विभिन्न प्रोडक्टहरु मार्फत सम्पन्न देखी विपन्न वर्ग सम्मलाई कृषि तथा अन्य व्यवसायिक, व्यक्तिगत तथा संस्थागत कर्जा प्रवाह गरी रहेको छ।
मेलम्चि शाखाले आप्नो स्थापनाकाल २०४२ साल देखी हालसम्म निरन्तर सेवा प्रवाह गरी रहेको छ । स्थानीय स्तरमा हुने सवै जसो कार्यक्रममा सक्रिय सहभागीता जनाउदै आएको बैंकले मंसिर १० गते सम्पन्न एक कार्यक्रम विच इलाका प्रहरी कार्यालय, मेलम्ची, सिन्धुपाल्चोकलाई सि.सि.टि.भि. वितरण गरेको छ । मेलम्चि वजार क्षेत्रमाहुने चोरी डकैति, दुर्घटना, लागु औषध सेवन, लगायत विभिन्न वित्तीय अपराधहरु जस्ता कार्यको निगरानी गर्र्नका लागि इलाका प्रहरी कार्यालय, मेलम्चीको अनुरोधमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत सि.सि.टि.भि. प्रदान गरेको हो ।
बैंकले प्रदान गरेको उक्तप्राविधिक उपकरणबाट मेलम्ची वजारमा शान्ति सुरक्षाकायम गर्न सहज हुनेछ। मेलम्चि शाखामा एक कार्यक्रम आयोजना गरी उक्त सामाग्री हस्तान्तरण गरिएको छ । उक्त समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत, उप-महाप्रवन्धक, वागमति प्रदेश निर्देशक, मेलम्चि शाखाका प्रवन्धक प्रज्वल भट्टराई लगायत महानुभावहरुको उपस्थिती रहेको थियो भने इलाका प्रहरी कार्यालयबाट प्रहरी नायव निरिक्षक कुमार चौलागाई लगायत विभिन्न सुरक्षाकर्मीहरुको उपस्थीती रहेको थियो।
कार्यक्रममा सि.सि.टि.भि. हस्तान्तरण गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकको नियमित सेवाका अतिरित्त संस्थागत सामाजिक उत्तरदायित्वबाट सामाजिक कार्यमा सहभागीता जनाउन पाँउदा बैंक गौरवान्वित रहेको र यस प्रकारको सानो सहयोगले शान्ती सुरक्षा कायम राख्न ठुलो योगदान दिनसक्ने धारणा राख्नु भयो। बैंकले यस क्षेत्रमा करिव १ अर्व वरावरको कर्जा लगानी गरी विकट ग्रामिण क्षेत्रका जनताको कर्जा आश्यकता पुरा गरी कृषि उत्पादनमा सकारात्मक योगदान दिएको व्यहोरा उल्लेख गर्नु भयो। कृषि विकास बैंक जस्तो ग्रामिण भेगमा गएर खेतवारी धितोको आधारमा कर्जा दिने अन्यकुनै बैंक नरहेको विचार व्यक्त गर्दै बैंकबाट लिएको कर्जा समयमा नै भुक्तानी गर्न सामाजिक सचेतनाको लागि स्थानीय निकाय, प्रहरी, नागरीकसमाज, राजनैतिक संघ, संगठन आदिलाई अनुरोध गर्नु भयो।
उक्त कार्यक्रममा इलाकाप्रहरी कार्यालयका प्रहरी निरिक्षक श्रीकुमार चौलागाईले उक्त सि.सि.टि.भि ग्रहण गर्दै बैंकलाई धन्यवाद दिनुभयो । बैंकले गरको यस प्रकारको योगदान दिर्धकालसम्म अविस्मरणीय रहने र आगामी दिनमा समेत सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा बैंकका उप–महाप्रवन्धक शुसिल हुमागाईं, वागमती प्रदेश निर्देशक चन्द्र सिंह थापाको उपस्थिती थियो भने कार्यक्रम बैंकका प्रवन्धक प्रज्वल भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो।