काठमाडौं । पाही इन्भेष्टमेन्ट प्रा.लि ले शेयर बजारका लगानीकर्ताहरूका लागि सोमबार लिटिल बुद्ध सेकेन्डरी स्कुलमा लगानीकर्ता शेयर सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा कम्पनीले शेयर कारोबारसम्बन्धी ज्ञान अभिवृद्धिको लागि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लगानीकर्ता सचेतना कार्यक्रम आयोजना गरेको थियोे।
पाही इन्भेष्टमेन्टका कार्यकारी अधिकृत कमल धितालले शेयरको प्रकार, शेयर लगानीका जोखिम, बजार मूल्य निर्धारण, सूचिकृत शेयर खरिद र बिक्री, शेयर लगानीका फाइदा, शेयर खरिद गर्ने तरिका, दोस्रो बजार, लगायत शेयर कारोबारका मुलभूत पक्षबारे प्रस्तुतिका साथै प्रशिक्षण दिएका थिए ।
शेयरको प्रकार, शेयर लगानीका जोखिम, बजार मूल्य निर्धारण, सूचिकृत शेयर खरिद र बिक्री, शेयर लगानीका फाइदा, शेयर खरिद गर्ने तरिका, दोस्रो बजार, लगायत शेयर कारोबारका मुलभूत पक्षबारे प्रस्तुतिका साथै कार्यकारी अधिकृत धितालले प्रशिक्षण दिएका थिए।
पाही इन्भेष्टमेन्ट प्रा.लिले लामो समयदेखि धितोपत्र बजारको पहुँच नपुगेका क्षेत्रहरूलाई लक्षित गरी लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम आयोजना गर्दै आएको पाही इन्भेष्टमेन्टका अधिकृत धितालले बताएका छन् । उनले लगानीकर्ता शेयर सचेतना कार्यक्रम र निःशुल्क डीम्याट खाता अभियान संचालनलाई निरन्तरता दिदै जाने बताए ।