ईकोनोमिक खबर, काठमाडौं। विद्युत उत्पादनको अन्तिम चरणमा रहेको निर्माणधीन माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत आयोजनाले चाँडै नै सम्पन्न हुने भएको छ। चालु आ.ब.०७५/७६ को असार मसान्तसम्ममा दुवै युनिटबाट ब्यवसायिक उत्पादन गर्ने लक्ष्य राखिएको थियो। केहि प्राविधिक कारणले तोकिएको समय सीमाभित्र विद्युत उत्पादन नहुने भएको छ।
नयाँ आर्थिक बर्षको पहिलो महिना भित्र आयोजना निर्माण सम्पन्न हुने आयोजनाले जनाएको छ । साउनको दोश्रो हप्ता बाट ब्यवसायिक उत्पादन शुरु हुनेछ।
सो आयोजनाबाट शुक्रबारदेखि ट्रायल उत्पादनको रुपमा पहिलो युनिटबाट ३० मेगावाट विद्युत उत्पादन शुरु भएको छ । उत्पादन भएको विद्युत खेर जान नदिन राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको छ ।
कुल ६० मेगावाट क्षमताको सो आयोजनाको निर्माण २०६८ वैशाखबाट शुरु भएको थियो । भूकम्पका कारण करिब २२ महिना निर्माण कार्य प्रभावित भएको थियो । ०७२ सालको विनाशकारी भुकम्प र नाकाबन्दीले आयोजनाको संरचनामा क्षति र निर्माण कार्यमा अवरोध पुगेको थियो ।
आयोजना निर्माण सम्पन्न गर्न १३ अर्ब ९९ करोड १२ लाख रुपियाँ खर्च अनुमान छ । यस आयोजनालाई नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको हो। आयोजनाको संरचना, ईलेक्ट्रोमेकानिकल, हाईड्रोमेकानिकल कार्य निर्माणकालागी चाइना गेजुवा गु्रप अफ कम्पनी (सिजिजिसी)ले जिम्मा लिएको हो।
चिनियाँ प्राविधिक टोलीले द्रुततर गतिमा कार्य गरीरहेको छ। यही असारभित्र कुलेखानी ३ को निर्माणाधीन विद्युतगृहको बाँकी कामको अनुगमन गरी थप उपकरणका साथै तारको जडान गर्ने र छिट्टै विद्युत उत्पादन गर्नेतर्फ लागको आयोजनाका प्रमुखले जानकारी दिए । उर्जामन्त्रिको विशेष चासोको विषय र प्राधिकरणमा पनि यसलाई सम्पन्न गर्न र लागतमा ठूलो रकम थप भएको थियो।
कुलेखानी २ बाट निस्किएको पानीलाई करिब चार किलोमिटर सुरुङ मार्गबाट लगी कुलेखानी ३ को विद्युतगृहमा उपयोग गरीने छ, यसको परीक्षण उत्पादन गरिसकिएकोे सो आयोजनाले जनाएको छ । यसबाट १४ मेगावाट विद्युत उत्पादन हुनेछ । नेपाल विद्युत प्राधिकरणको चार अर्ब ५० करोड रकम लगानीमा कुलेखानी ३ विद्युत आयोजनाको निर्माण भईरहेको छ। मकवानपुरको सानुटारमा विद्युतगृह रहनेछ।
यि दुवै आयोजना ढिलो सम्पन्न गर्ने आयोजनामा गनिएका आयोजना रहेकोछ। केहि महिना अघि उर्जामन्त्रि र चीनिया राजदुत विच सामाजिक सन्जालमा यसै विषयलाई लिएर भाईरल भएको थियो। केहि समय पछि सम्पन्न हुने चरणमा रहेको यस आयोजनाले विद्युतको भारमा केहि राहत हुने देखिन्छ।