ईकोनोमिक खबर, काठमाण्डौं। नेपालको लागि विश्व प्रसिद्ध बडवाइजर बियरको उत्पादक राजब्रुअरी र सिम्पल इनर्जीले नवलपरासी स्थित राजब्रुअरीमा सोलार रूफटप प्रोजेक्टको संयुक्त उद्घाटन गरेका छन्।
यो परियोजना राष्ट्रिय ग्रिडमा जडान गरिएको अहिले सम्मकै सबैभन्दा ठूलो रूफटप सोलार परियोजना हो। त्यसका साथै यो नेपालको ब्रुअरी उद्योगमा पनि पहिलो सोलार परियोजना हो। राज ब्रुअरीले सोलारबाट उत्पादन भएको उर्जाले आफ्नो कारखाना संचालन गर्नेछ भने अतिरिक्त उर्जा राष्ट्रिय ग्रिडबाट वितरण हुनेछ।
Private Infrastructure Development Group -PIDG_ कम्पनी इन्फ्राको एशिया र Saral Urja Nepal -SUN_ को संयुक्त लगानीमा सिम्पल इनर्जीले रुफ टप सोलार सिस्टमको डिजाइन, स्थापना र सञ्चालन गरेको हो। उक्त ५०० किलोवाटको सोलार परियोजनाले वार्षिक लगभग ८४४ मेगावाटआवर स्वच्छ उर्जा उत्पादन गर्दछ।
नेपालको स्थापित विद्युत उत्पादन क्षमता लगभग २,७०० मेगावाट रहेकोछ, जसमा ९६५ जलविद्युत हो। देशको ऊर्जा विविधीकरणमा योगदान दिनुका साथै, राजब्रुअरीको सोलार रूफटप स्थापनाले बिजुली कटौतीको समयमा डिजेल खपत कमगर्न र सुख्खा मौसममा विद्युत कटौतीको प्रभावलाई कमगर्न मद्दत गर्नेछ। यसले ग्रीन हाउस ग्यास उत्सर्जन घटाउँदै दिगोविकास लक्ष्य १३ र जलवायु कार्यलाई पनि समर्थन गर्छ।
समारोहमा बोल्दै राजब्रुअरीका प्रबन्धनिर्देशक राजबहादुर शाहले ब्रुअरीको उर्जा आवश्यकताहरू पूरागर्न सोलार रूफटप स्थापना गरी कार्बन फुट प्रिन्ट घटाउनु एक जिम्मेवार संस्थागत नागरिकको स्वच्छ संसार तर्फको प्रयास भएको कुरा जानकारी गराए।
त्यसैगरी, सिम्पल इनर्जीका प्रमुख कार्यकारी अधिकृत अपार न्यौपानेले यो प्रोजेक्ट स्वच्छ ऊर्जा र नाफा सँगसँगै जानसक्छ भन्ने उदाहरण भएको बताएकाछन्। त्यसका साथै सिम्पल इनर्जीले आगामी दिनहरुमा महिलाहरुलाई सोलार रुफटप सेटअप गर्न प्रशिक्षण दिई राष्ट्रिय अर्थतन्त्र तथा वातावरण संरक्षणमा योगदान पुर्याउने बताए।
जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजका समूह कार्यकारी निर्देशक शशिन जोशीले ब्रुअरीका लागि सोलार उर्जा स्थापना गर्न पाउँदा खुसी भएको र यसरी नै जावलाखेल ग्रुप अन्तर्गतका अरुकम्पनीहरुमा पनि सोलार उर्जा प्रयोग गर्ने योजना रहेको बताउनुभयो। यस्ता अभ्यासहरु जारीराख्दै जावलाखेल ग्रुप वातावरण संरक्षणमा सधैँ अग्रसर रहने प्रतिबद्धता जनाए।
राजब्रुअरीको बारेमा
जावलाखेल ग्रुप अफ इन्डष्ट्रिज अन्तर्गतको राजब्रुअरी दक्षिणएसियाको सबैभन्दा अत्याधुनिक ब्रुअरी हो। सन् २०१८ मा सञ्चालनमा आएको यस कम्पनीले नेपालको मदिरा बजारको ६० प्रतिशत बजार हिस्सा ओगटेको छ। राजब्रुअरीले Warsteiner International, Germany र Anheuser-Busch InBev, USA सँग साझेदारी गरी नेपालमा Warsteiner र Budweiser बियर उत्पादन र वितरण गरिरहेको छभने नमस्ते, माउन्टेन आइसर हात्ती राजब्रुअरीका आफ्नै ब्रान्डहरू हुन्।
सरल ऊर्जाको बारेमा
सिम्पल इनर्जी प्रालि Private Infrastructure Development Group -PIDG_ कम्पनी इन्फ्राको एशिया र S कम्पनी इन्फ्रा कोएशिया र aral Urja Nepal -SUN_ को संयुक्त उद्यम हो। क्भ्एीले पहिलो चरणमा वाणिज्य रऔद्योगिक ९ऋ७क्ष्० खण्डमा नेपालभर ८ मेगावाट वितरित सौर्य रुफटप ग्रिड जडान परियोजनाहरूमा काम गरिरहेको छ। यसोगर्दा, क्भ्एीले नेपालको कुल ऊर्जा मिश्रणमा नवीकरणीय ऊर्जाकोअंशबढाउन योगदान पुर्याउने छभने देशलाई स्वच्छ र दिगो ऊर्जा प्रणालीतर्फ अघि बढ्न मद्दत गर्नेछ।